लुम्बिनीका मुख्यमन्त्रीले उद्घाटन गर्ने भनिएको अर्घाखाँची महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका प्रमुखले गर्ने

सन्धिखर्क ।अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा सन्धिखर्कको कुँडुले फाँटमा भोली (पुष )२९ गतेदेखि देखि माघ १२ गतेसम्म सन्धिखर्कको कुडुलेफाटमा लाग्ने महोत्सवको सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले उद्घाट गर्नुहुने भएको छ ।यस अघि आयोजक उद्योग वाणिज्य संघ अर्घाखँचीले लुम्बिनी पदेशका मुख्य मन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्ने भनिएको कार्यक्रमको सेडुल परिवर्तन भएको छ ।

यता सन्धिखर्कमा आइपुग्नुभएका सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ ठुला दल मिलेर बनेको सरकारले जन अपेक्षा अनुसार काम गर्न जरुरी रहेको बताउनुभएको छ । पत्रकार संगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको छ ।

यस्तै बेला बखतमा संविधान संसोधन विषयमा मुख्य २ ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले बिचमा भएको सहमतीमा दलमाथी हुन्छ भने भ्रम मात्र भएको बताउनुभएको छ ।अहिलेको सरकार आगामी निर्वाचन सम्म जाने बताउनुभयो ।सन्धिखर्कमा भोलीदेखि अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला लाग्ने छ मेलामा करिव ५ करोडको कारोबार हुने अर्घाखाँची उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष प्रदिप मिश्रले जानकारी दिनुभयो ।मेलमा करिव ३सय ५० स्टल रहने छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close