उद्यमशिलता विकास र रोजगारी सिर्जना गर्न सहकारी लाग्नुपर्छः अध्यक्ष शाह

प्यूठान।उद्यमशिलता र रोजगारी प्रबद्र्धनको हिसाबले सहकारीलाई अगाडि बढाउन सकेमा मात्र किसानको आर्थिक समृद्धि हुनेमा ऐरावती गाँउपालिका अध्यक्ष नविल विक्रम शाहले जोड दिनुुभएको छ ।ऐरावती सामाजिक उद्यमी महिला सहकारी सस्था लिमिटेड बरौला प्युठानको तीनदिने सहकारी व्यबस्थापन तालिमको उद्धघाटन गर्नुहुदै शाहले साना किसानको उत्पादन बृद्धि साथै उत्पादित बस्तुलाई बजार संग जोड्ने काम सहकारीको मुख्य रहेको बताउनुभयो।


देशको आर्थिक समृद्धिको खम्बा सहकारी भएको बताउदै उहाले स्थानीय उत्पादनलाई बजारीकरण गर्दै निती,बिधि र उदेश्य बमोजिम सञ्चालन गरेमा सहकारी सफल हुने बताउनुभयो ।
कृषि क्षेत्रमा कामगर्ने सहकारीलाई गाँउपालिकाको सदैब साथ रहने भन्दै उहाले बचत तथा ऋणको कारोवार गर्ने र नाफा कमाउने काम बैंकहरुको भएकाले सहकारीले साना किसान लक्षित कार्य गर्नुपर्नेमा जोड दिनुभयो । सानो पूँजी लाई एकतृत गर्दै सदस्यको हित तथा सम्भावना अनुसार गतीबिधि सञ्चालन गर्नेतर्फ सहकारी लाग्नुपर्नेमा अध्यक्ष शाहको जोड रहेको छ ।
कार्यक्रममा गाँउपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले सहकारीको विकासमा गाउपालिका सदैब लागीपर्ने बताउनुभयो । पालिका भित्र रहेका सबै घरधुरीलाई सहकारीमा समेटी पालिका भित्र उत्पादित सम्पुर्ण बस्तुको बजारीकरण गर्नेमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

ऐरावती गाँउपालिकाको आर्थिक सहयोग,हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा मल्लरानी ग्रमिण विकास सरोकार केन्द्र प्यूठानको सञ्चालनमा ऐरावती गाउपालिकामा सञ्चालन भएको कृषि तथा पशु विकासमा आधारीत साना किसान तथा युवा उद्यमशिलता विकास कार्यक्रम अन्र्तरगत सञ्चालित सहकारी व्यबस्थापन तालिम माघ १ गते सम्म सञ्चालन हुने परीयोजना संयोजक नेत्र प्रसाद मरासिनीले बताउनुभयो ।
तालिममा सहकारीका सञ्चालक समिती,लेखा तथा सुपरीवेक्षण समितीका सदस्य तथा कर्मचारीको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close