पत्रकार महासंघ लुम्बिनी प्रदेश र अर्घाखाँची शाखाबिच परिचयात्मक कार्यक्रम सन्धिखर्कमा सम्पन्न

सन्धिखर्क ।नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश र अर्घाखाँची शाखा बिच अन्तरक्रिया र परिचयात्मक कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइराले पत्रकारीता पेशालाई जनमुखी गराउन नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।पत्रकारीता क्षेत्र राष्ट्रको चौथो अंग भएकाले सत्य तथ्यमा आधारित दबिएर रहेका आम जनताका खास समस्या बाहिर ल्याउन आग्रह गर्नुभयो ।


यस्तै नव निर्वाचित पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्र ऋिषी चौलागाईले पत्रकारहरुको हक हितको लागि काम गर्ने बताउनुभयो ।जसको लागि जिल्ला तहबाट पनि आवश्यक सल्लाह सुझाव संकलन गर्ने र पत्रकारको हक हितको लागि आवश्यकताको अधारमा काम गर्न आफु तयार भएको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल,पत्रकार पुर्व अध्यक्ष सोभाखर पन्थी,पुर्व सचिव सुर्य भुसाल लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रम पत्रकार महासंघका कोषाध्यक्ष नविन केसीको स्वागत मन्तव्य सचिव लक्ष्मण घिमिरेको संचालनमा सम्पन्न भएको हो ।यस्तै अर्घाखाँची शाखाले लुम्बिनी प्रदेश पत्रकार महासंघको नवनिर्वाचित कार्य समितिलाई मायाको चिनो समेत प्रदान गरेको हो ।

कार्यक्रममा प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य, जिल्ला शाखाका पदाधिकारी, सदस्य लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close