भारतका पूर्व प्रधानमन्त्री सिंहको निधन

एजेन्सी। भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको गएराति निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती निधन भएको छ । उनको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा निधन भएको हो । सिंह लगातार दुई कार्यकाल भारतको प्रधानमन्त्री भएका थिए । अर्थमन्त्री हुँदा भारतमा आर्थिक सुधारमा आमूल परिवर्तनको श्रेय सिंहलाई नै जान्छ ।
भारतीय अर्थ (वित्त)मन्त्री हुँदा होस् वा सन् २००४ देखि २०१४ सम्मको प्रधानमन्त्री कार्यकाल, आर्थिक सुधारसहितका महत्वपूर्ण कामहरुको श्रेय उनलाई जाने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी जवाहरलाल नेहररुपछि लगातार दोस्रो कार्यकाल प्रधानमन्त्री चुनिने पहिलो भारतीय थिए । उनले १९८४ मा सिख दंगाका लागि भारतीय संसदसामु माफी मागेका थिए । सन् १९८४ मा भएको सिख दंगामा कम्तिमाा पनि तीन हजार जना मारिएका थिए ।
प्रधानमन्त्रीको रुपमा उनको दोस्रो कार्यकाल चर्चित रहयो । दोस्रो कार्यकालमा भ्रष्टाचारका कयौँ मामिला बाहिर आए । ति घोटालाका कारण सन् २०१४ को आम चुनावमा कांग्रेसलाई निकै ठूलो धक्का लागेको थियो ।
कमेन्ट गर्नुहोस !