रेसुङ्गा विमानस्थमा पुन टुइनेटर जहाजको उडान सुरु

गुल्मी । मौंसम खुलेसंगै आजदेखि गुल्मीको सिमिचौंरमा नेपाल एयरलाइन्सको टुइनेटर जहाज आएको छ । मौंसम खराबीका कारण नियमित जहाज आउन सकेको थिएन । अहिले मौसम सुधार भएसँगै बुधबार र शुक्रबार जहाज आउने जाने कार्यतालिका रहेको छ ।
बाक्लो कुहिरो लागेर मौसममा खराबी आउने गरेकाले गत असार १४ गतेदेखि उडान सेवा अवरुद्ध बनेको रेसुङ्गा विमानस्थमा पुन टुइनेटर जहाज संचालनमा आएको छ ।गुल्मी‐काठमाडौंका लागि नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्वीनेटर जहाजले उडान गर्दै आइरहेको छ ।
नेपाल वायुसेवा निगमले रेसुङ्गादेखि काठमाडौँका लागि सात हजार तीन सय र काठमाडौँबाट रु सात हजार पाँच सय रुपैयाँ भाडा निर्धारण गरेकोे छ ।
कमेन्ट गर्नुहोस !