गुल्मीमा मोटरसाइकल आगोलागी हुँदा जलेर नष्ट

गुल्मी । गुल्मीमा पेट्रोल राखेर मोटरसाइकल स्टार्ट गर्ने क्रममा एक्कासी आगोलागी हुदा जलेर नष्ट भएको छ । लु ८ प १०५३ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको हो ।
तम्घास बसपार्क स्थित शिब शक्ति आयल स्टोर्स (पेट्रोल पम्म) मा पेट्रोल भरी सके पछि मोटरसाइकल स्टार्ट गर्न लाग्दा गुल्मी गुल्मीदरबार वडा नम्बर ४ बस्ने कृष्ण बुचालेको मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।आगोलागीबाट मानवीय क्षति भएको छैन ।
कमेन्ट गर्नुहोस !