पेट्रोलियम पदार्थको मुल्य घट्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल र डिजेल, मट्टीतेलको मुल्य घटेको हो ।

पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ र डिजेल तथा मट्टीतेलमा २ रूपैयाँ घटेको छ । निगमले तय गरेको नयाँ मूल्य विभिन्न ठाउँअनुसार लागू हुनेछ ।चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको मुल्य लिटरको १६७ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै डिजेल र मट्टीतेल १५५ रूपैयाँ ५० पैसा पर्नेछ । दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको मुल्य लिटरको १६९ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ १५७ रूपैयाँ पर्नेछ ।

यस्तै तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७० रूपैयाँ तथा त्यस्तै डिजेल र मट्टीतेलको भाउ १५८ रूपैयाँ पर्नेछ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close