गुल्मीको रेसुङ्गा विमानस्थलमा हवाई उडान प्रभावित

गुल्मी ।गुल्मीको रेसुङ्गा विमानस्थलमा हवाई उडान प्रभावित बनेको छ । वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलले जनाएको छ ।एक महिनादेखि उडान प्रभावित बनेको प्रमुख सुमन थापाको भनाइ छ ।
साताको तीनपटक नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्सले असार १४ गतेपछि उडान गर्न सकेको छैन । रेसुङ्गा‐काठमाडौँ र काठमाडौँ‐रेसुङ्गाका लागि टिकट काटेका यात्री दैनिक विमानस्थल पुगेर फर्किने गरेको बताएको छ ।
मौसममा सुधार नआउँदासम्म नियमित उडानमा समस्या हुने भएकाले यात्रीको सुरक्षालाई ध्यान दिँदै उडान रोकिएको प्रमुख थापाले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !