अर्घाखाँचीमा सवारी दुर्घटनामा गम्भीर घाइते भएका कुमालको उपचारको क्रममा मृत्यु

सन्धिखर्क ।सवारी दुर्घटनामा गम्भीर घाइते भएका सन्धिखर्क नगरपालिका वडा नम्बर ११ का कमल मुखियाको उपचारको क्रममा मृत्यु भएको छ।
गत जेठ ७ गते सन्धिखर्क नगरपालिका वडा नम्बर १०को (बिहार) ठाटी नजिकै देउराली यातायात प्रालिको लु. १ ज १९८७ नम्बरको यात्रु वाहक जिपले लु २३ प ८८९ नम्बरको मोटरसाइकलाई ठक्कर दिदा कुमाल गम्भीर घाइते भएका थिए ।उनले आफै मोटरसाइकल चलाएका थिए। भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक दिपेन्द्र रावलले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !