भारतको गुजरातमा भिषण आगलागीः मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

काठमाण्डौं ।भारतको पश्चिमी राज्य गुजरातमा आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको अधिकारीले जनाएका छन् ।शनिबार एउटा मनोरञ्जन पार्कमा भीषण आगाली भएको हो ।
गुजरातको राजकोट जिल्लाको गो कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’ मा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २४पुगेको छ । उनीहरूको मृत शरीर परीक्षणका लागि अस्पताल पठाइएको छ ।” उद्धार कार्य पूरा गरेपछि थप अनुसन्धान अघि बढाइनेछ ।”उक्त घटनामा घाइते भएका सबै जनालाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ ।
कमेन्ट गर्नुहोस !