अर्घाखाँचीःशितगंगामा माटोको ढिस्कोले पुरिएर २ जना गम्भिर घाईते

सागर महत,सन्धिखर्क।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर २ सितापुर सिमलचौरमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर २ जना गम्भिर घाईते भएका छन ।
आज दिउँसो घर पोत्नका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर ३८ वर्षिय राधा अधिकारी र ४० वर्षिय सारदा अधिकारी गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक ऋषिराम घर्ति मगरले जानकारी दिए ।
घाइते मध्ये राधा अधिकारीलाई थप उपचारको लागि भैरहवा पठाएको छ,भने सारदा अधिकारीको अवस्था चिन्ताजनक रहेको उनले बताए ।उनको ठाडा प्राथमीक स्वास्थ्य केन्द्र मा उपचार भइरहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस !