सन्धिखर्क वडा नम्बर १ ले शिशुहरुको जन्म दर्ता घरमा पुगी गर्दै

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ ले अब घरघरमा पुगेर नव जात शिशुहरुको जन्म दर्ता गर्ने भएको छ। वडा अध्यक्ष स्तरीय जनप्रतिनिधि र कर्मचारी हरुको बैठकले वडामा केही नया काम गर्नु पर्छ भन्ने उदेश्य ले घरमा पुगेर जन्म दर्ता गर्ने निर्णय गरेको वडा अध्यक्ष माधब श्रेष्ठले बताउनुभयो ।नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्नको लागि फरक योजनाका साथ वडा कार्यालय अगाडि बढेको छ ।सोहि अनुसार कार्यक्रम तय गरिएको वडा अध्यक्ष श्रेष्ठको भनाइ छ ।
बैठकको निर्णय अनुसार फागुन १० गते देखि लागु हुनेगरी जन्म हुने नव जात शिशुहरुको जन्म दर्ता ३५ दिन भित्रमा शिशुको घरमा पुगि वडा सचिबले कार्ड उपलब्ध गराउने वडा सचिब सीता बिसिले बताउनुभयो । शिशुको नामाकरण भईसकेपछि वडा कार्यालय,पायक पर्ने वार्ड सदस्य तथा महिला स्वास्थ्य स्वयं सेविका हरुलाई जानकारी गराउनु हुन समेत अनुरोध गरिएको छ ।
कमेन्ट गर्नुहोस !