भुमिकास्थानमा स्व. कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानको भेला माघ १२ गते हुने

भुमिकास्थान। अर्घाखाँचीको भुमिकास्थान नगरपालिका को ढाकावाङ्गमा स्वर्गीय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानको भेला माघ १२ गते शुक्रबार हुने भएको छ।आज सम्पन्न प्रतिष्ठानको बैठकले आगामी माघ १२ गते शुक्रबार दिनको १ बजे तेस्रो भेला पिपलनेटामा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष खड्कबहादुर थापाले बताउनुभयो।

नेपालको बाम—लोकतान्त्रिक आन्दोलनका कर्मठ योद्धा तथा शिक्षाप्रेमी, समाजसेवी, विश्व मावि ढाकावाङ्गका तत्कालीन प्र.अ. स्वर्गीय कुलानन्द बन्जाडेको सम्झनामा स्थापित गरिएको प्रतिष्ठानले तेस्रो भेला गर्न लागेको र उक्त भेलाबाट नया नेतृत्व चयन गरिने उपाध्यक्ष भुवानन्द भुसालले जानकारी दिनुभयो।

स्व. बन्जाडेको २०६३ जेठ १६ गते ५८ वर्षको उमेरमा हृदयाघातका कारण असमायिक निधन भएको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close