अर्घाखाँचीःमालारानी ९ का ९५ प्रतिशत घरधुरीमा वडा अध्यक्षले बिजुली फिरी गरे

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालीका वडा नम्बर ९ का ९५ प्रतिशत घरधुरीमा न्युनतम विद्युत् महसुल वडा अध्यक्ष महेन्द्रबाबु खनालले दिदै आएको बताउनुभएको छ । वडा मा रहेका ७सय २० घरधुरी र १० वटा संघ संस्थाको वार्षिक ३ लाख १हजार बराबरको विद्युत महसुल आफुले पाउँने सेवा सुविधाबाट दिदैं आएको उहाँको भनाइ छ ।
यस्तै वडा भित्र रहेका बढी विद्युत खपत गर्ने ५ प्रतिशतले मात्र आफै विद्युत महसुल बुझाउँदै आएको बताउनुभयो ।चुनावी नारामा पनि आफुले राज्यबाट पाउँने सेवा सुविधा बापतको रकम जनताको सेवामा लगाउने बाचा गरेबमोजिम यस्तो काम गरेको वडा अध्यक्ष खनालले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close