समन्वय समिति अर्घाखाँचीको आयोजनामा पाणिनि गाउँपालिकामा नदीजन्य पदार्थ अनुगमन

सागर महत,अर्घाखाँची ।
जिल्ला समन्वय समिति अर्घाखाँचीको संयोजनमा पाणिनि गाउँपालिका भित्ररहेका नदीजन्य तथा खानीजन्य (ढुङ्गा, गिट्टी र बालुवा) पदार्थको उत्खनन ,संकलन र बिक्री सम्बन्धि प्रक्रियाको अनुगमन गरिएको छ।


अनुगमनको क्रममा गाउँपालिका भित्र रहेका र्सेर्य खोला,बाँगी खोला,सिस्ने खोला,वाग्ले खोला ,एक्ले खोला,फर्सुवा जाने पहिरो लगायतका क्षेत्रमा अनुगमन गरिएको जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले बताउनुभयो ।अन्य पालिकामा पनि अनुगमन गरिएको छ,सोहि बमोजिम पाणिनि गाउँपालिका मा पनि अनुमन गरिएको उहाँले बताउनुभयो ।

अनुगमनको क्रममा केहि निर्माण कम्पनीले सम्झौता भन्दा बाहिर गएर काम गरेकोले त्यस्ता निर्माण कम्पनीलाई सचेत गराउँदै आएको बताउनुभयो ।
पालिका भित्रको आम्दानीको श्रोत अहिले न्यून रहेको पाणिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताउनुभयो ।राज्यको नीति मापदण्ड अनुसार गाउँपालिका भित्र रहेका श्रोत साधनको उपयोग गरेर पालिकाले आन्तरिक आम्दानी बढाउने लक्ष्य रहेको उहाँले बताउनु भएको छ।

हालको अवस्थामा गाउँपालिका भित्र रहेका नदीजन्य पदार्थको चोरी पैठारी नभएको त्यसको रोकथाममा आफुहरु लागि परेको गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने र उपाध्यक्ष नर्मदा गौतम (पौडेल )को भनाइ छ।
अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य,अर्घाखाँची सशस्त्र प्रमुख भिमसेन बोहरा ,प्रहरी दीपेन्द्र रावल यस्तै पाणिनी गाउँपालिका ईन्जिनियर मोह राज पौडेल ,राजेश्व शाखा प्रमुख कमल प्रसाद न्यौपाने,लगायतको सहभागीता रहेको थियो।

 

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close