अर्घाखाँचीःसन्धिखर्कमा विप्लवका नेता कार्यकर्ताद्वारा न्यायाधीशको पुत्ला दहन

सन्धिखर्क । विप्लवका नेताकार्यकर्ताले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको मसाल बजारमा बुधबार जिल्ला अदालतका काठमाण्डौंका न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुत्ला दहन दहन गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द (विप्लव) नेता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) सहितका शीर्ष नेताहरू विरुद्ध न्यायाधीश ज्ञवाली इजलासले पक्राउ पुर्जी जारी गरेको भन्दै नेकपा विप्लवका नेताकार्यकर्ताले न्यायाधीश ज्ञवाली को पुतला जलाएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीको आयोजनामा भएको कार्यक्रममा महासचिव विप्लव नेता प्रकाण्ड सहितका नेताहरूमाथि जारी पक्राउ पुर्जी खारेज गर, नेपाल सरकार र पार्टी विच भएको तीन बुंदे सहमति कार्यान्वयन गर, काठमाडौंका न्यायाधीश कमल प्रसाद ज्ञवाली मुर्दावाद, नवजनवादी क्रान्ति जिन्दावाद लगायतका विभिन्न नारा लगाएका थियो ।

काठमाडौँ जिल्ला अदालतले २०७६ पुसको मुद्दा ब्युँताउँदै सोमबार नेकपा विप्लवका महासचिव विप्लव, नेता प्रकाण्ड, माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close