नेकपाका विप्लब सहितका शीर्ष नेताविरुद्ध प्रकाउ पुर्जी जारी

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध  जिल्ला अदालत काठमाडौँले प्रकाउ पुर्जी जारी गरेको छ ।

अदलतले ३५ दिनको समय दिएर उनीहरु विरुद्ध राज्यविरुद्धको कसुर सम्बन्धीको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो ।अदालतले नेकपा माहासचिव चन्दसहित उहाँका पार्टीका उपत्यका विशेष ब्युरो इञ्चार्ज माइला लामा, पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा र अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्की विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको सूचना गोरखापत्र दैनिमा मार्फत सार्वजनिक गरेको छ ।

उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो । २०८० साल मंसिर १० गतेको आदेश अनुसार ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ ।

विप्लव नेतृत्व गरेको दल नेकपा समाजवादी मोर्चामा आवद्ध छ । जुन मोर्चामा सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका साथै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसमेत आवद्ध छन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close