ड्युटी गर्दागर्दै साउदीमै ढले कर्णबहादुर

दोहा । झापाको बाह्रदशी गाउँपालिका–१ बस्ने कर्णबहादुर केरुंगा साउदी अरबमा काम गर्दैगर्दा अचानक रिंगटा लागेर ढले । उनी साउदी अरब अलकासिमस्थित एक निजी कृषि फार्ममा लामो समयदेखि काम गर्दै आएका थिए ।

एक दिन काम गर्दागर्दै अचानक रिंगटा लागेर ढलेपछि सहकर्मी साथीहरू तथा कम्पनीको मालिकले अलकासिमस्थित किंग फाहाद हस्पिटलमा उपचारका लागि उनलाई लगेका थिए । तर, उनको स्वास्थ्यमा सुधार आएन ।

उपचारकै क्रममा गत ३० सेप्टेम्बरमा अस्पतालको बेडमा कहिल्यै नफर्किने गरी अस्ताए उनी ।नेपाली राजदूतावास रियादका द्वितीय सचिव टीकाराम उपाध्याय र अलकासिमस्थित गैरआवासीय नेपाली संघ ९एनआरएनए० साउदी अरबका पूर्वउपाध्यक्ष तथा नेपाली राजदूतावास रियादका अवैतानिक प्रतिनिधि भक्तवीर राईलगायतको अथक प्रयासपछि मृतकको पार्थिव शरीरलाई मंगलबार नेपाल पठाउन सफल भएको संघका क्षेत्रीय समन्वय समिति अलकासिमका सचिव सिद्धिलाल श्रेष्ठले जानकारी दिए । आजको राजधानी दैनिकमा समाचार छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close