बझाङमा भुकम्प दर्जनाै घर भत्किय, मानिस सडक र खुल्ला चौरमा

डिवि विष्ट/ बझाङ ।
बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भुकम्पले थलारा गाउँपालिका वडा नम्बर ९ सिरेटा, फकालि, खानि, अफ्ला, चित्रु, मालुमेला, चैनपुर, छविसपाथिभेरा,लगायतका ठाउमा दर्जन भन्दा बढि घर भत्किएको जानकारि आएएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सिटेटामा मात्रै ४० घर पुर्ण रूपमा क्षति भएको थलारा गाउँ पालिकाका कार्यपालिका सदस्य ज्ञानु नेपालीले जानकारी दिनु भयाे । यस्तै अन्य ठाउहरूमा समेत घर भत्किएको स्थानियले जानकारी दिएका छन् । भुकम्पकाे पराकम्प पटक पटक गै रहेकाे छ । अहिले स्थानिय बासिन्दा सडक, खुल्ला चाैरमा बसि रहेकाे ईन्सपेटर दिपेश चाैधरिले बताउनु भयाे । थप विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close