एसिया कप क्रिकेटमा पाकिस्तानले बङ्लादेशलाई ७ विकेटले हरायो

काठमाण्डौ । एसिया कप अन्तर्गत सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्लादेशलाई ७ विकेटले हराएको छ । जितका लागि १ सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३९ ओभर ३ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।त्यसअघि लाहोरमा टस जितेर पहिला ब्याटिङ गरेको बङ्लादेश ३८ ओभर ४ बलमा १ सय ९३ रनमा अलआउट भयो ।

सुपर फोरमा पाकिस्तान, बङ्लादेश, भारत र श्रीलङ्का छन् । सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close