अर्घाखाँची अस्पतालमा सामाजिक परिक्षण भेला सम्पन्न, सेवाग्राहीलाई मुस्कान सहित सेवाको अपेक्षा

सागर महत,अर्घाखाँची।जिल्ला अस्पताल अर्घाखाँचीमा सामाजिक परिक्षण भेला सम्पन्न भएको छ । एक वर्षको अवधिमा अस्पतालले गरेका गतिविधी र आगामी दिनमा सुधार गर्नको लागि सेवाग्राहीबाट आएका सुझावको बारेमा कार्यक्रम गरिएको बताएको छ।
अस्पतालको आयोजना तथा नेपाल मिडिया नेटवर्कको सहजीकरणमा गत आर्थिक वर्ष २०७९/८० को सामाजिक परिक्षणको आम भेला गरिएको संस्थाका निर्देशक सिद्धार्थ केसीले जानकारी दिनुभयो । सेवाग्राहीबाट आएको सुझावमा विगतको समयमा भन्दा अहिले अस्पतालमा सेवा लिने बिरामीको संख्या बढेको छ भने सेवा प्राप्त गर्नेहरुले मुस्कान सहितको सेवा दिन आग्रह गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

यस्तै सेवा लिनको लागि २ घण्टाभन्दा बढी लाईनमा बस्न बाध्य भएको पनि गुनासो राखेको पाइएको छ। कार्यक्रममा अर्घाखाँची अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीले दरबन्दी अनुसारको डाक्टर नभएको बताउनुभएको छ ।दरबन्दी अनुसार नभएपनि आम नागरिको सेवामा लागेको बताउनुभयो ।

गाउँका बस्ती बस्तीबाट आएका बिरामीको लागि कहिले १० बजेदेखि ५ बजे सम्म पनि सेवा प्रदान गदै आएको बताउनुभएको हो । अस्पताल विकास समितिका सदस्य मेनुका बन्जाडेले सबैको सहकार्यमा काम गदै आएको बताउनुभएको थियो ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामप्रसाद गौतम, जनस्वास्थ निरिक्षक गणेशराज पौडेल, अस्पताल गुणस्तर समन्वय सदस्य हिम बहादुर जिसी लेकाली, प्रेस युनियन अर्घाखाँचीका अध्यक्ष लक्षमण घिमिरे लगायतका वक्ताले बोल्दै अस्पताल सुधारमा देखिएका समस्या सुधारको लागि सबै एक जुट हुनुपर्नेमा जोड दिनुभएको हो । कार्यक्रममा सहजकर्ताको रुपमा सुरज सारुले संस्थाको तर्फबाट प्रस्तुती राख्नुभएको थियो भने कार्यक्रमकोसंस्थाका अध्यक्ष बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close