कार दुर्घटनामा परि भारतमा ६ जना नेपालीको मृत्यु

नेपालगन्ज। भारतमा भएको कार दुर्घटनामा नेपालगन्जका ६ जना नेपालीको मृत्यु भएको छ। भारतको उत्तर प्रदेश राज्यस्थित श्रावस्ती जिल्लामा शनिबार साँझ भएको कार दुर्घटनामा नेपालगन्जका ६ जना नेपालीको मृत्यु भएको हो ।

दुर्घटनामा नेपालगन्जको त्रिभुवन चोकस्थित ‘एसकुमार वाच’का सञ्चालक घडी व्यवसायी सन्तोष कुमार गुप्ता, उनका दुई छोरा र एक छोरीको मृत्यु भएको छ। यस्तै गुप्ताकै नातेदार हरि ओम मेडिकलका सञ्चालकका छोरा र छोरीको मृत्यु भएको हो ।

कारका चालक सख्त घाइते छन्। भारतबाट नेपालगन्ज फर्किदै गरेको अवस्थामा उक्त दुर्घटना भएको हो। सडकमा रहेका छाडाचौपायालाई बचाउन खोज्दा कार अनियन्त्रित भएर रुखमा ठोक्किएको भारतीय सञ्चार माध्ययले जनाएका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close