घरेलुको आयोजनामा सिपमा आत्म निर्भर बन्नको लागि गहना तथा चुरा पोते बनाउने तालिम सम्पन्न

सागर महत ,अर्घाखाँची।
महिलाहरूलाई सीप सिकाइमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा क्रिस्टलका गहना तथा चुरा पोते बनाउने तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा ७ दिन सम्म संचालन गरिएको तालिम सम्पन्न भएको कार्यालय प्रमुख सन्तोष खनालले बताउनुभयो ।


विशेष गरि महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन उद्देश्यका साथ तालिमको आयोजना गरिएको उहाँको भनाइ छ।तालिममा सहभागी लाई कार्यालयले आवश्यक पर्ने सामान निशुल्क उपलब्ध गराएको कार्यालय प्रमुख खनालको भनाइ छ ।


तालिममा सहभागीहरुले क्रिष्टलको सानो टप, ठुलो टप, औठी सानो, कुलो औठी, सानो लकेट, आमो लकेट, जन्तर, चुरा, , पोते माला बनाउन सीकेको कार्यालयका सुचना अधिकारी लक्ष्मी प्रसाद दाहाल बताउनुभयो ।

व्यवसायीक रुपमा क्रिस्टलका गहना तथा चुरा पोतेको व्यवसाय सदरमुकाम सन्धिखर्कमा संचालन गदै आएकी सोनम टण्डनले प्रशिक्षण दिनुभएको हो ।


तालिमा सहभागी निर्मला भट्टराईका अनुसार आफुहरुले सिकेको सिपलाई आत्म निर्भर बन्न प्रमुख श्रोत हुने भएको बताउनुभयो । ।

 

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close