ठाडामा सचेतना सहित स्वास्थ्य परिक्षण

सन्धिखर्क ।जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतना कार्यक्रम अन्तर्गत बस, ट्रक, जीप लगायतका बिभिन्न सवारी साधनका चालक तथा सहचालकहरुलाई आँखाको चेक जाँच तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन भएको हो।
शितगंगा नगरपालीका वडा नम्बर ३ ठाडामा भएको अक्त शिविरबाट १सय ५१ जना चालक र सहचालकहरुको आखाँ जाँच तथा स्वास्थ्य परिक्षण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीका कार्यालय प्रमुख हरि बहादुर खत्रीले बताउनुभयो ।जनचेतना मुलक सहितको शिविरमा दक्ष तथा मान्यताप्राप्त चिकित्सकद्धारा परीक्षण गरीएको खत्रीले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !