प्रदूषित सहरको सूची : विश्वकै एक नम्बरमा काठमाडौं

काठमाडौं । काठमाडौं उपत्यका वायु प्रदूषणका हिसाबले विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पहिलो बनेको छ ।
विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्यु एयर नामक संस्थाका अनुसार शनिबार साँझ काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर रहेको पाइएको हो ।वायुको गुणस्तर सूचकांक (एक्युआई) मा २०२ अंकसहित शनिबार साँझ काठमाडौं विश्वकै विषाक्त हावा भएको सहर पुष्टि भएको छ ।
प्रदूषणको हिसाबले काठमाडौंपछि नयाँ दिल्ली, थाइल्यान्डको चियाङमाई, भियतनामको हनोई, थाइल्यान्डको बैंकक र बंगलादेशको ढाका क्रमशः दोस्रो, तेस्रो, चौथो र पाचौं नम्बरमा छन् ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
कमेन्ट गर्नुहोस !