छत्रदेव गाउँपालिकामा उत्कृष्ट पुरस्कार राशीको अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता हुँदै

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता गर्ने भएको छ । आउँदो चैत्र १ गतेदेखि ३ गते सम्म गाउँपालिकाको रातापोखरामा रहेको रगंशालामा प्रतियोगिता हुने छ ।

प्रतियोगितामा जिल्लाका ६ वटै पालिकाबाट प्रतिनिधित्व हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार रुपैयाँ, दोस्रोलाई १ लाख २० हजार र तृतियलाई ८० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।खेल क्षेत्रको विकासको लागि अर्घाखाँचीमा पहिलो पटक उत्कृष्ट पुरस्कार राशीको अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close