छत्रदेव गाउँपालिकामा निःशुल्क आँखा तथा दाँत सम्बन्धी शिविर सम्पन्न

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा निःशुल्क आँखा तथा दाँत सम्बन्धी एक दिने  शिविर सम्पन्न भएको छ। अर्घाखाँची दिगो विकास केन्द्र , रोटरी क्लव अफ महाराजगन्ज काठमाण्डौको आयोजना र छत्रदेव गाउँपालिको समन्वयमा शिविर भएको हो।


उपचारका लागि सन्धिखर्क, बुटवल तथा काठमाडौं जानुपर्ने बिरामीलाई लक्षीत गरेर ग्रामीण क्षेत्रमा शिविर आयोजना गर्दा पालिका बासीमा खुशी छाएको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो ।

गाउँपालिकाको वडा नम्बर २ बल्कोटमा भएको शिविरमा करिव ५ सय बिरामीले सेवा लिएको अर्घाखाँची दिगो विकास केन्द्रका अध्यक्ष डा.जय बहादुर टण्डनले जानकारी दिनुभयो ।शिविरमा निःशुल्क औषधि र चस्मा पनि वितरण गरिएको उहाँले बताउनुभयो ।

शिविरमा ७० प्रतिसत भन्दा बढीले आँखाको चेक जाँच गराएका थिए ।

सोहि क्रममा आँखाका अपरेसन गर्नु पर्ने बिरामीको लागि फागुन ७ गते सदरमुकाम सन्धिखर्कमा शिविर बोलाइएको बताउनुभयो ।जहाँ निःशुल्क अपरेसन हुने छ।


कार्यक्रमको लागि रोटरी क्लव अफ काष्ठमान्डप, सिटी एक्सप्रेस मनी ट्रान्सफर लगायतले प्राविधिक सहयोग गरेको बताउनुभयो । कार्यक्रममा छत्रदेव गाउँपालिका उपाध्यक्ष मनि पन्थी,प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ, अर्घाखाँची दिगो विकास केन्द्रका उपाध्यक्ष डा. मुक्ती श्रेष्ठ, रोटरी क्लव अफ काष्ठमान्डपका प्रतिनिधि होम क्षेत्री डा.प्रिती भुसाल ,विभिन्न वडाका वडा अध्यक्ष,विभिन्न राजनितिक दलका प्रतिनिधि लगायतको सहभागीता रहेको कार्यक्रम गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपानेको संचालनमा सम्पन्न भएको हो।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close