राष्ट्रिय कर्मचारी संगठनको दिवसमा अर्घाखाँची अस्पतालका बिरामीलाई फलफूल वितरण

सागर महत,अर्घाखाँची ।
राष्ट्रिय कर्मचारी संगठन (निजामती) को १७ औं स्थापना दिवसको अवसरमा अर्घाखाँची अस्पताल सन्धिखर्कमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ ।संगठनले पूर्ण रूपमा स्वास्थय लाभको कामना गर्दै अस्पतालका उपचाररत बिरामीहरुलाई सोही अवसरमा एक कार्यक्रमकाबीच फलफूल वितरण गरेको हो ।
त्यस्तै दिवसमा राष्ट्रिय समृद्धिको अभियानमा कर्मचारी परिचालन लगायतका नारा समावेश गरिएको संगठनका अध्यक्ष यादवप्रसाद सापकोटाले बताउनुभएको हो।अर्घाखाँची अस्पतालका प्रमुख डा.जगनाथ तिवारीले अस्पतालमा भएका बिरामीलाई फलफूल वितरण गरेकोमा संगठनलाई शुभकामना तथा धन्यवाद ज्ञापन गर्नुभयो । यस्ता खाले कार्यक्रमले बिरामीलाई केही मात्र भएपनि हौसला प्रदान हुने उहाँको तर्क छ ।
सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुर कुमार बिक र जिल्ला संयोजक राजेन्द्र भुसाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य,राष्ट्रिय कर्मचारी संगठन (निजामति) तथा राष्ट्रिय कर्मचारी महासंघ अर्घाखाँचीका पदाधिकारीहरु, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम राष्ट्रिय कर्मचारी संगठन (निजामति) का जिल्ला अध्यक्ष यादव सापकोटाको अध्यक्षता र राष्ट्रिय कर्मचारी महासंघका जिल्ला अध्यक्ष पुर्ण पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close