अर्घाखाँचीको शितगंगामा अरिंगालको टोकाइबाट महिलाको मृत्यु

सागर महत,अर्घाखाँची । अर्घाखाँचीमा अरिंगालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । शितगंगा नगरपालिका–३ पदनीकी २१ वर्षीया रोमा सारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो गाइ चराउन गएकी उनलाई अरिंगालले टोकेको थियो ।अरिंगालको टोकाइबाट उनी गम्भिर घाइते भएकी थिइन् । सारुको उपचारको क्रममा आज बिहीबार देवदह मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !