सन्धिखर्क नगरपालिकाद्वारा उन्नत बिउ र कृषि सामाग्री कृषकलाई वितरण

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको कृषि विकास शाखाले महिला कृषक समुह कृषि प्रवद्वतन कार्यक्रम मार्फत महिला समुहको माग बमोजिम तोरीको उन्नत बिउ ,प्याजको बिउ तथा कृषि सामाग्री वितरण गरेको छ ।नगरपालिकाको वडा नम्बर ६का कुल १सय ३ जना महिला कृषक सदस्य लाई उन्नत बिउ ,प्याजको बिउ तथा कृषि सामाग्री वितरण गरिएको नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपािलका वडा नम्बर ६ का वडा अध्यक्ष श्रिधर महत्रा,सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई लगायतको सहभागीतामा कृषि सामग्री वितरण गरिएको हो ।
कमेन्ट गर्नुहोस !