अर्गानिक डिभाईन ग्रुपद्धारा प्रशिक्षण तथा सम्मान कार्यक्रम सन्धिखर्कमा सम्पन्न

अर्घाखाँची ।अर्गानिक डिभाईन गु्रप प्रालिको आयोजनामा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा शनिबार न्युट्रेसन सप्लिमन्ट्रि औषधि प्रयोगगर्ने प्रयोगकर्ता सम्मान औषधिको प्रयोगबाट स्वास्थ्य जिवनमा आएका सुधारका अनुभव एक कार्यक्रमका बिच अनुभव साटासाट र प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको सन्धिखर्क नगरउपप्रमुख मिश्रा आचार्य,पाणिनी बहुमुखि क्याम्पसका प्रमुख बुद्धिराम भुसाल,अर्घाखाँची उद्योग बाणिज्य संघका सचिब शन्तोष बस्नेत र संस्थाका कार्यकारी प्रमुख डिप्लप क्षेत्रीले संयुक्त रुपमा दिप प्रज्वलनगरी उद्घाटन गर्नुभएको हो ।कार्यक्रममा सन्धिखर्क नगरपालिका १ का वडा अध्यक्षहरु माधव श्रेष्ठ , ५ का वडा अध्यक्ष रिसब अधिकारी , ११ का वडा अध्यक्ष चेतनारायण आचार्य,१२ का वडा अध्यक्ष नारायण खड्का लगायतको सहभागीता रहेको थियो ।
यस्तै संस्थाका बजार प्रतिनिधि तथा डिलरहरुलाई सम्मान गरीएको संस्थाका अर्घाखाँची प्रमुख विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।संस्थाको विस्तार जिल्ला का ६१ वटा वडा सम्म लैजाने उदेश्य रहेको समेत बताएको छ ।पछिल्लो समय कयाै बर्ष ठिक नभयकाे दिर्घराेग अर्गानिक डिभाईन ग्रुपले बजारमा ल्याएको न्युट्रेसन सप्लिमेन्ट्रि औषधिको सेवन बाट निको भएकाले यस प्रतिको विश्वास विस्तार हुने क्रममा रहेको भुसालको भनाइ छ । चितवनमा मुख्य कार्यालयबाट सेवा दिदै आएको संस्था अहिले देशका विभिन्न जिल्लामा आफ्नो सेवा विस्तार गदै आएको छ ।जुन संस्थाले सरकारबाट मान्यता प्राप्त समेत गरेको छ । कार्यक्रममा विष्णुप्रसाद भुसाल र शिव सागर अधिकारीलाई सिल्भर स्टार उपाधीबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले डिभाईन ग्रुपले बजारमा ल्याएको न्युट्रेसन सप्लिमेन्ट्रि औषधिको सेवनले पनि धेरै रोगीको उपचारमा महत्वपुर्ण भुमिका खेल्लदै आएकोले प्रयोग गर्नेको संख्या बढ्दै गएको बताएका थिए ।
कमेन्ट गर्नुहोस !