स्थानीय तहमा आजबाट निर्वाचनका लागि मनोनयन दर्ता गरिने

काठमाण्डौं । स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ । आयोगले वैशाख ११ गते र १२ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरेको बताएको छ ।
यस्तै निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ(आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ ।
कमेन्ट गर्नुहोस !