कतार, चीन र टर्कीकामा हप्तामा एक दिन उडान हुने

काठमाण्डौं ।सरकारले जेठ १८ गतेदेखि लागु हुने गरि नेपालसँग नियमित उडान भइरहेका कतार, चीन र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरिएको छ ।
आज बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गदै कतार, चीन र टर्कीका लागि हप्तामा एक दिन हवाइ उडान सञ्चालन गर्न दिने निर्णय गरिएको बताइएको छ । नेपाल आउने यात्रुले कोभिड–१९ संक्रमण विरुद्धका दुवै मात्रा खोप लगाएको भए होम क्वारेन्टिनमा बस्नुपर्ने, एक मात्रा मात्रै खोप लगाएको व्यक्ति होटलमा ३ दिन क्वारेन्टिनमा बस्नुपर्ने, ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट लिएर आएका यात्रु १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने छ ।यसअघि सरकारले भारतीय यात्रुलाई साउदी अरब पुर्याउन नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्सलाई चार्टर उडान अनुमति दिएको थियो ।
कमेन्ट गर्नुहोस !