नेपालले आइसीसी टी–२० विश्वकप एसिया छनोटको उपाधि जिर्यो

काठमाडौँ, असोज ३१ गते । नेपालले आइसीसी टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधि जितेको छ ।
ओमानमा शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई १ सय २४ रनले हराउँदै उपाधि जितेको हो । सुपर सिक्सको दुई खेल अगावै विश्वकपमा स्थान बनाएको नेपाल समूह चरणदेखि अपराजित रहँदै उपाधि चुम्न सफल भयो ।
तेस्रो पटक टी–२० विश्वकपमा पुगेको नेपालले छनोट खेलको ट्रफी पहिलो पटक जितेको हो । सुपर सिक्सको शीर्षस्थानमा रहेको नेपाले १० अङ्क बनायो । दोस्रो स्थानमा रहेको ओमानले आठ तथा तेस्रो स्थानको संयुक्त अरव इमिरेट्स (युएई) ले ६ अङ्क जाड्यो । शीर्ष तीनमा रहेका नेपाल, ओमान र युएईले विश्वकपको यात्रा तय गरे ।
कमेन्ट गर्नुहोस !