युनिटी कपमा नेपालले वेष्टइन्डिजलाई १९ रनले हरायो

काठमाडौं ,असोज १२ ।नेपाल र वेष्टइन्डिज बिच भएको युनिटी कपको पहिलो खेलमा नेपालले जित निकालेको छ। यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएको हो। नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेष्टइन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएको हो। नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त देशलाई हराएको हो। त्यतिमात्र होइन, २ पटकको विश्वकप विजेता टिमलाई नेपालले हराएको हो।
कमेन्ट गर्नुहोस !