छोराको हत्या गरी मलखाल्डोमा पुर्ने महिला पक्राउ

दाङ,साउन २२ । दाङमा नौ वर्षीय सौतेनी छोराको हत्या गरी २३ वर्षदेखि फरार महिलालाई प्रहरीले पक्राउ गरेको छ।गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरका ५० वर्षीया वसन्ता शर्मा पण्डित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

ती महिला काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ परेको प्रहरीले जनाएको छ। २०५९ असार १९ गते सौताको छोरा नौ वर्षीय शरद शर्मालाई लाठी प्रहार गरी हत्या गरेर मलखादमा गाडेको अभियोगमा जिल्ला अदालत दाङले शर्मालाई २०६० असोज २६ गते दुई वर्ष कैद सजाय तोकेको थियो । तर, पुनरावेदन अदालतले सोही वर्ष माघ ३ गते कैद सजाय बढाएर १० वर्ष पुर् याएपछि उनी फरार थिइन्।

शर्मा काठमाडौँमा छोरा केशवराज शर्मासँग बस्दै आएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी टोली खोजतलासका लागि खटिएको थियो । गढवा प्रहरी टोलीले जिल्ला प्रहरी परिसर काठमाडौँको सहयोगमा नयाँ बसपार्क क्षेत्रमा उनलाई मङ्गलबार बिहान पक्राउ गरेका हो । ती महिलालाई कैद सजाय भुक्तानका लागि दाङ जिल्ला अदालतमा पठाएको प्रहरीले जनाएको छ।रासस

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close