गुल्मीमा धानको चामल ब्राण्डिङ गरी बजारमा बिक्री हुन सुरु,बिक्री गर्ने कृषक नगद सहित सम्मान

गुल्मी,असार०३ । गुल्मीमा धानको चामल ‘धुर्कोटे चामल’ को नाममा ब्राण्डिङ गरी बजारमा पठाइएको छ ।जिल्लाको धुर्कोट गाउँपालिकावडा ६ स्थित सिस्तुङका कृषक मेघनाथ अर्यालले उत्पादन गरेको धानको चामल ‘धुर्कोटे चामल’ को नाममा ब्राण्डिङ गरी बजारमा पठाइएको हो ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै व्यावसायिकीकरणतर्फ अघि बढाउने उद्देश्यले उक्त चामललाई ब्राण्डिङ, लेबलिङ तथा प्याकेजिङ गरी औपचारिक रुपमा बजारमा पठाइएको हो ।अहिले बजारमा २५ केजीको धान पठाएको छ ।यस्तै स्थानीय उत्पादन बजारमा पठाउन महत्वपुर्ण भुमिका खेल्ने कृषक मेघनाथ अर्याललाई गाउँपालिकाले ६७ हजार नगद सहित गाउँपालिकाले सम्मान गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो ।

यस कार्यमा धुर्कोट गाउँपालिकाको सक्रिय सहयोग तथा हेफर नेपालको प्राविधिक साथ रहेको बताइएको छ । २५ किलाको बोरालाई २ हजार ५ सयमा बेच्ने गरी मूल्य तयार गरिएको छ ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close