अर्घाखाँचीमा डढेलोका कारण १सय ३३ हेक्टरभन्दा बढी क्षेत्रमा क्षति

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा २०८१ सालको २ महिनामा २१ स्थानमा डढेलोका घटना दर्ता भएका छन।
फागुन र चैत्रमा भएको प्रमुख प्रभावित क्षेत्रहरुमा भुमिकास्थान नगरपालिका ,पाणिनि गाउँपालिका,मालारानी गाउँपालिका र सन्धिखर्क नगरपालिका पर्दछन । २०८० सालको फागुन र चैत्रमा वन डढेलका घटना ५६ वटा दर्ता भएका थिए ।विगत भन्दा अहिले ३५ स्थानमा डढेलो कम स्थानमा लागेको हो ।अहिले क्षेत्रगत अन्तर्गत ढिकुरा,पानडाँडा,किमडाँडा,जालकाँडा ,कुर र पाली लगायतका क्षेत्रमा डढेलोको घटना घटेको डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
वन डढेलोका कारण जिल्लामा हालसम्म १सय ३३.०५ हेक्टरभन्दा बढी क्षेत्रमा क्षति भएको छ ।यसले चार वटा घर र तीनवटा गोठ पुर्ण रुपमा नष्ट भइ पशुचौपायमा पनि क्षति भएको छ भने मानविय क्षति नभएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सुचना अधिकारी केशव खड्काले जानकारी दिनुभयो ।
वनमा डढेलो नियन्त्रण गर्नको लागि हाल सम्म सामुदायिक वनले ३सय १९ हेरालु समेत राखेका छन ।डढेलो नियन्त्रणको लागि सारङ्गिमा वन डढेलो सचेतना अभियान २०८१ कार्यक्रम कार्यान्वयन संगै जिल्लाका ६वटै स्थानीय तहका ७१ स्थानमा १५ दिनसम्म ३ जना गन्धर्व कलाकारहरु सहितको सचेतना टिमबाट बृहत सांस्कृतिक कार्यक्रमहरु सम्पन्न गरेको यसले पनि ढडेलो रोकथाम गर्न केहि सहज भएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सिनियर वन अधिकृत मोहन प्रसाद श्रेष्ठको भनाइ छ ।
कमेन्ट गर्नुहोस !