भोली रेडियो देउरालीबाट काग सम्मेलन हुँदै

सन्धिखर्क ।हिन्दुहरूको महान् चाड तिहारको अवसरमा भोली (बुधबार) काग तिहारको अवसर पारेर रेडियो देउराली १०१ मेगाहर्ज अर्घाखाँचीले रेडियोको अन एयर बाटै काग सम्मेलन गर्ने भएको छ।विभिन्न पशुपंक्षिको हुबहु आवाज निकाल्ने प्रतिभा भएका, जिल्ला युवा प्रतिभा पुरस्कार बाट समेत सम्मानित भएका रेडियो देउरालीका पुर्व कार्यक्रम प्रस्तोता भुवनेश्वर अधिकारीले रेडियोको अनएयर बाट कार्यक्रम संचालन गर्ने छन ।बिहान ९ः१५ बाट घरघर मा रेडियो देउराली १०१ मेगाहर्जबाट कार्यक्रम सुन्न पाइने छ ।यस्तै सोहि कार्यक्रमलाई अन्य रेडियोले पनि प्रसारण गर्ने छन ।
गत वर्ष प्रत्यक्षप्रसारण मार्फत कागको आवाज निकाली कराउदा रेडियो देउरालीको स्टुडियो रहेको भवनमा राखिएको स्पिकरबाट आवाज सुनेर कागहरु वरिपरि उड्दा आसपासका जनसमुदाय समेतले रमाइलो मान्दै घर घरको छत बाट अवलोकन गरेका थिए ।
कमेन्ट गर्नुहोस !