अर्घाखाँचीमा करिव ५ हजार नयाँ मतदाता थपिए

सागर महत,मंसिर १५ अर्घाखाँची।
अर्घाखाँचीमा ४ हजार ९ सय ३५ जना नयाँ मतदाता थपिएका छन । गत असोज ९ देखि मंसिर ५ गतेसम्म मतदाता दर्ता गर्न सकिने व्यवस्था रहेकोमा कार्यालयमा पुगेर र राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली दर्ता भएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।


विशेष गरि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता अभियान सञ्चालन गरिएकोमा यो अभियानबाट दर्ता गराउनेको संख्या बढेको कार्यालय प्रमुख बुद्धप्रकाश पौडेलले जानकारी दिनुभयो ।

कार्यालयमै पुगेर १ हजार ८ सय ८५ जनाले नाम दर्ता गराएका छन् ।जसमा महिलाको संख्या १हजार १सय७६ र पुरुषको संख्या ७सय१६ रहेको छ । यता राष्ट्रिय परिचयपत्रमार्फत ३हजार ५१ जनाले नाम दर्ता गराएको उहाँको भनाई छ ।
अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले ६ वटा मतदान केन्द्र थप्नका लागि निर्वाचन आयोगमा सिफारिस गरिएको प्रमुख पौड्ेलको भनाई छ।
जसमध्ये शितगंगा नगरपालिकामा ४ स्थान अन्तर्गत ११ नम्बर वडा र १३ नम्बर वडा रहेका छन ।यता पाणिनि गाउँपालिकामा १ नम्बर वडा र ३ नम्बर वडा क्षेत्र भित्र पर्ने २मतदान स्थान रहेको प्रमुख पौड्ेलको भनाई छ ।

अर्घाखाँचीमा कुल मतदाताको संख्या १ लाख ६८ हजार ४सय ४१ पुगेको छ ।जसमा पुरुष ८५हजार ६८ र महिला८३हजार ३सय ५७ रहेको छ ।यस्तै ८सय ७८ जनाले ठाँउ सारी गरेका छन । जसमध्ये २० प्रतिशतले जिल्ला भित्र र ८० प्रतिशतले जिल्ला बाहिर नामसारी गरेका हुन ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close