वाङ्ला डिभर्ना खानेपानी मुलका उपभोक्ताले मुहान हुँदै सडक लैजान नदिने घोषणा

सागर महत, मंसिर १५।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ११ मा रहेको वाङ्ला डिभर्ना खानेपानी मुल उपभोक्ता समितिको मुहान संगै मोटरबाटो खन्ने क्रममा माटोले मुहान पुरिएपछि स्थानीय उपभोक्ताहरू चिन्तित बनेका छन ।
मालारानी गाउँपालिका वडा नम्बर ४ मखात क्षेत्रका स्थानीयले सडक निर्माणका क्रममा खानेपानीको मुख्य मुहान क्षति पु¥याएको आरोप लगाएका छन ।
खानेपानी आपूर्तिमा गम्भीर समस्या उत्पन्न भएपछि सन्धिखर्क नगरपालिका वडा नम्बर ११ र १२ का उपभोक्ताहरूहरुले आइतबार सरोकारवालासँग भेटघाट गरी तत्काल समाधानको माग गरेका हुन।
भेटघाटपछि सन्धिखर्क टँुडिखेलमा पत्रकार सम्मेलन गरि उपभोक्ता समितिका अध्यक्ष नारायण प्रसाद श्रेष्ठ ले यो विषय तत्काल समधान नगरे थप सघर्षका कार्यक्रम गर्ने बताउनुभयो ।उहाँका अनुसार यो सडक क्षेत्रमा बस्ती छैन ।बस्ती भन्दा पनि हामी करिव २हजार उपभोक्ता भएको खानेपानीको विषय महत्वपुर्ण हुने उहाँको भनाइ छ ।यसको समधानका लागि विष्णु खनाल ले मार्ग दर्शन दिन जरुरी रहेको बताउनुभयो ।हाम्रा बार्ता पटक पटक असफल भए अब हामी कुनै हालतमा त्यस क्षेत्रबाट सडक लैजान दिन सकिदैन श्रेष्ठको भनाइ छ ।

यस्तै जिल्ला स्तरीय सरोकारवाला निकायबाट यसको समधान यही मंसिर २१ गते गर्ने जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइराला ले जानकारी दिनुभयो ।




कमेन्ट गर्नुहोस !